फाष्ट ट्रयाक सडकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी, असोज ५
प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले फाष्ट ट्रयाक अन्तर्गतका सडक मर्मत तथा स्तरोन्नतीको काम द्रूत गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।

धनगढी–स्याउने–बिपिनगर–गडसेरा दिपायल फाष्ट ट्रयाक अन्तरगत धनगढी देखि स्याउले सम्मको सडक खण्डको अवस्थामाथि चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले सम्बन्धित निकायहरुलाई निर्देशन गरेका हुन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज भएको छलफलमा मुख्यमन्त्री भट्टले सडक सुधार हुन नसक्दा आम जनताले सास्ती खेप्नु परेको भन्दै तत्कालै काममा तीब्रता दिनुपर्ने बताए ।

“गोदावरी र धनगढी उप महानगरपालिकाले पनि यसमा सहयोग गर्नुप¥यो” नगरप्रमुखहरुसँग मुख्यमन्त्रीले भने, “प्रदेश सरकार यो विषयमा निकै संवेदनशील छ, हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रकारको पहल हामी गर्छौं ।”

छलफलका क्रममा धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले केही दिनभित्रै टोली खटाएर प्राविधिक अध्ययनको काम सम्पन्न हुने बताए श्र

सडक स्तरोन्नतीका लागि सम्बन्धित सबै नगरपालिकाले बजेट विनियोजन गरे सम्भव भएको वडको भनाई थियो ।

छलफलमा वडले कालोपत्रे गरेपनि १० देखि १५ करोड लाग्ने जानकारी गराएका थिए । सक्ने नगरप्रमुख वडले बताए ।
यो सडक योजना निर्माण हुन सकेमा साविसको सडक भन्दा तराई पहाड जोड्न १ सय १० किलो मिटर छोटो पर्ने हुन्छ अर्थात दुरी ८२ किलोमिटर मात्रै हुने छ । अहिले कैलालीको अत्तररिया बाट दिपायल पुग्न १ सय ९२ किलो मिटर लामो छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!