बंगलादेशले पहिलो हिन्दु प्रधानन्यायाधीश सिन्हालाई देश निकाला गरेको खुलासा !

एजेन्सी, असोज ५ ।

बंगलादेशका पूर्वप्रधानन्यायधीश एस के सिन्हालाई त्यहाँको सरकारले देश छोडेर जान दबाब दिएको छ । बीबीसी हिन्दीसँगको विशेष कुराकानीमा उनले देश छोड्नु मुख्य कारण नजरबन्द र परिवारलाई आएको ज्यान मार्ने धम्की भएको बताएका छन् ।

२०१७ मा उनको परिवार अस्ट्रेलिया बसाई सरेका छ भने उनी कुनै अज्ञात देशमा रहेको बताउँदै आएका छन् । उनी वर्तमान बंगलादेशी प्रधानमन्त्री शेख हसीना सत्तामा आएपछि बंगलादेशका प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।

पूर्वप्रधानन्यायाधीश सिन्हाले भरखरै प्रकाशित गरेको किताब ‘ए ब्रोकन ड्रीम : रूल अफ ल, ह्यूमन राइट्स एंड डेमोक्रैसी’ मा पनि यो विषय उल्लेख गरेका छन् ।

अन्र्तवार्ताका क्रममा उनले कुनै समाय भारत आएर सबै कुरा उजागर गर्ने बताए । उने भने, ‘मैले बंलगादेशमा न्यायपालिकाको पारदर्शिता तथा लोकतान्त्रिक पद्धतिको विषय उठाएको थिएँ । कानूनको शासन र न्यायप्रणालीको सुधार गर्ने मेरो कदम सरकार र इंटेलिजेन्स एजेन्सीहरुलाई मन परेन । मलाई एक प्रकारले घरमै नज़रबन्दमा राखियो । परिवारलाई धम्की दिइयो । मलाई देश छोड्ने धम्की आयो र अन्त्यमा देश निकाला नै गरियो ।’

भारतसँग सीमाना जोडिएको सिलहट प्रान्तका स्थायी घर भएको सिन्हाले आफ्नो पुस्तौनी घरमा जासूसी गर्न सक्ने संयन्त्र बिछाएको दावी गरे । उनका अनुसार, बंगलादेश वार ट्राइब्यूनलका विषयमा सुनवाई भइरहेको थियो । यतिबेलै चरमपन्थीहरुले उनको घर बमले उडाउने योजना बनाएका थिए ।

शेख़ हसीना सरकारले सिन्हाले आफ्नो किताबमा उल्लेख गरेका तत्थ मन गढन्ते कथा भएको प्रतिक्रिया दिँदै आएको छ ।
-नितिन श्रीवास्तव, बीबीसी संवाददाता

कमेन्ट गर्नुहोस्

error: Content is protected !!