आयल निगमले तोक्यो पेट्रोल र डिजेलको कोटा, कुन सवारीसाधनलार्इ कति इन्धन ?

काठमाडौै‌, असोज ५ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो ।

अब प्रति मोटरसाइकलले ५ लिटर र चार पांग्रेले १५ लिटर पेट्रोल पाउने छन्।

त्यस्तै, डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको छ। जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउने छन् ।

पेट्रोलियमको आपूर्ति अभाव हुँदा पेट्रोल पम्पमा लाइन बढेपछि निगमले यस्तो कोटा लगाएको हो। निगमका प्रवक्ता गोइतले शुक्रबार २ बजेसम्म चार सय ५० किलोलिटर पेट्रोल र चार सय ४० किलोलिटर डिजेल वितरण गरिसकेको दाबी गरे। एक किलोलिटरमा हजार लिटर हुन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!