देशभरका सवारी चालकहरु हड्तालमा उत्रिए, पेट्रोलियमको हाहाकार !

काठमाडौं, असोज ५ । लापरबाहीढंगले सवारी चलाई दुर्घटना भएमा १० वर्ष कैद सजाय हुने प्रस्ताव गरिएपछि देशभरका सवारी चालकहरु हड्तालमा उत्रिएका छन् ।

निगमसँग सम्बन्धित चालकहरु पनि हड्तालमा उत्रिएर ढुवानी सेवा बन्द गर्दा उपत्यका लगायत देशभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । अहिले सबै पेट्रोल पम्पमा लाइन देखिन्छ ।

आयल निगमले भने योभन्दा अघि नै चालकहरुले उठाएको माग पूरा गरिदिएको अहिले आएर पेट्रोलिम पदार्थको ढुवानी रोकेर आन्दोलनमा उत्रेका चालकहरुलाई हटाउने चेतावनी दिएको छ ।

उक्त चेतावनीपछि पनि तेल ढुवानी हुन सकेको छैन । चालकले हड्ताल गर्दा असोज २ गतेदेखि तेल ढुवानी हुन नसकेको हो ।

हेर्नुहोस् केही झलकहरु

कमेन्ट गर्नुहोस्

error: Content is protected !!