आगामी असोज १९ गतेबाट चलचित्र ‘निर्जला’ प्रदर्शनमा (भिडियोसहित)

‘यसपालिको दशैं’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । महिलाका विभिन्न कथाहरुलाई केन्द्रमा राखेर निर्माण भएको नेपाली कथानक चलचित्र ‘निर्जला’को दशैं गीत सार्वजनिक भएको छ ।

आगामी असोज १९ गतेबाट सबै हलहरुमा प्रदर्शनको तयारीमा रहेको उक्त नेपाली चलचित्रको पहिलो पटक ‘यसपालिको दशैंमा बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीत दिनेश सुवेदीले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको गीत बाबुलका साथमा सुजता बर्माले गाएकी छिन् । गीतमा कमल राईको नृत्य निर्देशन छ ।

राजु गिरीले निर्देशन गरेको निर्जलालाई प्रकासचन्द्र न्यौपानेले निर्माण गरेका हुन् भने यसमा रवि कोइरालाको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

चलचित्रमा किशोर खतिवडा, शुभेछा थापा, राजकुमार थापा, पल्पसा ढंगोल, सुरवीर पण्डित लगायतका कलाकारहरुले मूख्य भूमिका रहेका छन् ।

गीतको भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!