एएफसी यू १६ महिला च्याम्पियनसिप : लय फर्काउने प्रयासमा नेपाली चेली

काठमाडौं असोज ५ ।

एएफसी यू १६ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा अपरान्ह साढे ३ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग चार शुन्यले पराजित भएको थियो ।

समूह चरणको पहिलो खेलमा फिलिपिन्ससँग लज्यास्पद हार बेहोरेको नेपालले आजको दोस्रो खेलमा जित निकाल्ने प्रयासमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा आईतबार मलेसियासंग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू १६ महिला च्याम्पियनसिपमा आफ्नो स्थान बनाउने छन् ।

फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनलमा प्रवेश गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!