भिक्टोरिया तालमा डुंगा पल्टिँदा ४० जनाको मृत्यु, सयबढी बेपत्ता

तान्जिनिया, असाेज ५ ।
तान्जिनियामा सयौँ मानिस चढेको डुंगा भिक्टोरिया तालमा पल्टिँदा कम्तिमा चालिस जनाको मृत्यु भएको छ ।

चार सयभन्दा बढी मानिस चढेको डुंगा पल्टिदा दुई सय जना डुबेका थिए । तिमध्ये चालिस जनाको मृत्यु भएको हो । एक सय जनाको उद्धार गरिएकोमा ३२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

तालमा डुवेर बेपत्ता हुनेको खोजी जारी छ । उकोरा आइल्याण्ड र बुगोलोरा आइल्याण्ड बिचको समुद्री किनार पुग्न लागेका बेला डुंगा पल्टेको थियो ।

क्षमता भन्दा धेरै यात्रु रहेका कारण डुंगा पल्टिएको बताइएको छ । तान्जिनियामा क्षमता भन्दा धेरै यात्रु बोक्ने गरेका कारण यस्तो दुर्घटना बारम्बार हुने गरेको छ ।

सन् २०१२ मा इन्डियन ओसनमा डुंगा डुब्दा कम्तिमा १ सय ४५ जनाको मृत्यु भएको थियो । त्यसको एक वर्षअघि यस्तै घटनामा झण्डै दुई सय जनाको मृत्यु भएको थियो ।

सन् १९९६ मा लेक भिक्टोरियामा यस्तै घटनामा आठ सय जना भन्दा धेरैको मृत्यु भएको थियो । लेक भिक्टोरिया अफ्रिकाका विशाल तालहरु मध्ये एक मानिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!