‘पोल्ट्री किंग’ गुणचन्द्रले मेयर रेणु दाहालकै सामुन्ने स्थानीयसँग मागे माफी !

राजेन्द्र अाचार्य

चितवन, असोज ५ । पोल्ट्री किङ्गका रुपमा परिचित चितवनमा गुणचन्द्र विष्टले पोल्ट्री व्यवसायको नाममा स्थानीयलाई दुःख दिएको कुरा स्वीकार गरेका छन् ।

भरतपुर माहानगरपालिका वडा नंं १८ गाँजिपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रालिले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापन नगरी उनले दिएको कुरा स्वीकार गरेका हुन् ।

२०७२ साल देखि फोहरको उचित व्यवस्थापन नगर्दा दुर्गन्ध फैलेको भन्दै स्थानीय बासिन्दाहरु आक्रोसित भएपछि जनताका गुनासो सामाधन गर्न पुगेका भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख सुशिलसिहं राठौरकै अगाडि आम जनसमुदाय समक्ष उनले माफी माग्दै उचित व्यवस्थापन नभए फर्म सञ्चालन नगर्न समेत प्रतिबद्धता जनाए ।

फार्मबाट निस्कने फोहोरले चार किलोमिटरसम्म दुर्गन्ध फैलिंदा समेत फार्मले स्थानीयको समस्याप्रति गर्छु भन्दै मौन रही हेपेको स्थानीयहरुको आरोप छ ।

स्थानीयले पटक–पटक फोहोर व्यवस्थापन गरेर वातावरण प्रदूषण कम गराउन आह्वान् गर्दा पनि सुनुवाइ नभएपछि स्थानियहरु आफुहरुकै फर्म नजिकको गाउँमा नै भेला भएर आफ्नो समस्या राख्दै आक्रोश पोखेका थिए ।

वातावरणीय प्रभाव मुल्याकंन (ईआए) नै नगरी अवैधानिक तवर सञ्चालन गर्दै आएको खुलेको छ ।

जसले गर्दा यो क्षेत्रको मात्र नभई नारायणी नदीको जलचरमा समेत असर परेको हुन सक्ने संरक्षणकर्मीहरु भनाई छ ।

वडाअध्यक्षहरु सहितको टोली समक्ष आक्रोशित स्थानीय बासिन्दाहरुले पोल्ट्री फार्मको विरुद्धमा नाराबाजी गरेका थिए । अनुगमन टोली समक्ष आफूहरुको स्वास्थ जोखिममा परेको र पटक–पटक आवाज उठाउँदा पनि अटेर गरेको बताउँदै आफ्ना बालबच्चाहरुको स्वास्थ थप जोखिममा रहेको उनीहरुले बताए ।

स्थानीयहरुको गुनासोको आधारमा आफुहरु पुग्दा जनताले भनेर अनुसार दुर्गन्ध नआएपनि फोहोर व्यवस्थापनमा भने फर्म चुकेको पाईएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । उनले अब फार्म सधैं आफुहरु अनुगमनमा आउँदा अपनाएको सुधारलाई थप सशक्त बताउँदै नलगे र फोहोर व्यवस्थापन समय सिमाभित्र नै नगरे फार्म बन्द गर्ने घोषण गरेका थिए ।

साथै, उनले मानवीय क्षेत्रमा गरिने लार्पवाही अब सहन नसकिने चेतावनी समेत दिए र अविनाश फार्मबाट निस्किएको दुर्गन्धले मानव बस्ती नै हटनुपर्ने स्थिति आउनु दु:खद बताउँदै मेयर रेणु दाहालले फार्मले महानगर समक्ष गरेको लिखित सहमति बमोजिम ६ महिना भित्रमा फोहरमैलाको उचित व्यवस्थापन नगरे उत्पादन बन्द गर्ने अवस्था आउन सक्ने बताइन् ।

फार्मले यसरी स्थानिय बासिन्दाहरुको जीवनसँग खेलवाड गर्न नहुने बताउँदै वातावरणका सूचकहरु प्रति सजग हुनुपर्ने मेयर दाहालको जोड रहेका थिए ।

नारायणी तट गाँजिपुरमा करीब ७ वर्ष अगाडि सञ्चालनमा आएको यस फार्मबाट बिर्सजन हुने सुली करिब १.५ बिगाहा क्षेत्रमा डम्पिंग नलाग्दै तवरले गरेको सहजै देख्न सकिन्छ ।

सो कुखुराको सुलीको गन्ध वडा नं १७, १८ र २६ का ४ किलोमिटर सम्म दुर्गन्ध फैलेको र गाजीपुर, सिम्री टाउन, भुवन बस्ती क्षेत्रका बासिन्दाहरु अति नै प्रभावित भएको स्थानिय बासिन्दा अम्मरबहादुर तामाङले बताए ।

फार्मबाट निस्केको सुली, मरेका कुखुराको गन्ध र रसानले वरपरका खेतबारीमा बाली लगाउन समेत नपाएको उनले दुखेसो थियो । कुखुराको सुलस्को गन्धले साझ बिहान खाना खानसमेत समस्या भएको छ, इन्द्रबहादुर गुरुङले भने यहाँ बालबालिकाहरुमा रुघाखोकी, ज्वरो आइरहने समस्याले दिक्क बनाएको छ ।

यतिमात्र नभई आफूहरु कहाँ आउने पाहुना पनि रात बिताउन नमान्ने भन्दै आफूहरुलाई स्वच्छ वातावरणमा रमाउन पाउने अधिकार दिलाउन माग राखेका थिए । हाम्रो धैर्यता टुटेको छ स्थानीय गोपी ढकालले भने, सधै दुर्गन्ध छ तपाईं एकदिन आएर नजिक यहाँ बस्नु अनि पीडा के रहेछ ? आफैं थाहा हुन्छ ।

फर्मका सञ्चालक गुणचन्द्र विष्ट पोल्ट्री महासंघका अध्यक्ष समेत हुन् ।

हेर्नुहोस् केही झलकहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!