राज्यमन्त्रीद्वारा विहान ४ बजे नै अनुगमन, ४ वटा बधशालामाथि प्रतिवन्ध !

ललितपुर । एकाविहानै कृषि राज्यमन्त्री रामुकमारी चौधरीले ललितपुर महानगरपालिकामा सञ्चालित बधशालाको अनुगमन गरेकी छन् । मन्त्री चौधरीले अनुगमनका क्रममा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि चारवटा बधशालाबाट मासु बिक्रीवितरणमा प्रतिबन्ध लगाएकी छन् । सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिइन् ।

 

कृषि राज्यमन्त्री चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले शुक्रबार बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन पाँचवटा बधशालाको अनुगमन गरेको थियो ।

 

मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाबाट मासु बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिए ।

 

देव र सुनिलको बधशाला दर्ता पनि नभई सञ्चालन भएको पाइएको छ । कृषि राज्यमन्त्री चौधरीले व्यवसायको नाममा आम मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!