रातो कार्ड पाएका रोनाल्डोलाई तीन खेलमा प्रतिबन्ध लाग्न सक्ने !

एजेन्सी, असोज ५ । बुधबार पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले रातो कार्ड पाएपछि उनको चर्चा चुलिएको छ । उनले भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका थिए । अहिले रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट खेलि रहेका छन् ।

 

रातो कार्ड पाएपछि धेरै खेल समर्थकमा रोनाल्डोलाई के होला भन्ने खुलदुली भएको छ । यसैबीच, उनलाई एक खेलमा मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ ।

 

युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको सो खेलमा रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै खेलको २९ औं मिनेटमा मैदान बाहिर पठाएका थिए ।

 

यो रोनाल्डोको फुटबल करियरको ११ औं रातो कार्ड हो। रोनाल्डो बाहिरिएए १० खेलाडीमा सिमित युभेन्ट्र्सले सो खेलमा २-० को जीत हासिल गरेको थियो। समाचार एजेन्सीहरूका अनुसार रोनाल्डोलाई न्यूनतम १ तथा अधिक्तम ३ खेलसम्मको प्रतिबन्ध लाग्नसक्छ ।

 

रोनाल्डोले कारवाहीका कारण ३ खेल गुमाए म्यानचेस्टर युनाइटेडविरुद्ध अक्टोबर २३ र नोभेम्बर ७ मा हुने खेल गुमाउनेछन् । यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा रोनाल्डोले योंग ब्वाइजविरुद्धको खेल्न पाउने छैनन्। युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिइएको रातो कार्डको छानविन थाल्दैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!