काठमाडौंका मेयर सरकारी पैसामा श्रीमतीसहित अमेरिका

काठमाडौं, असोज ४ । सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

 

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ ।

 

सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!