बिदेशमा पनि मनाइयो संविधान दिवस

युएई,असोज ४। खाडीका विभिन्न देशमा रहेका नेपाली कुटनैतिक नियोगले बुधबार र बिहीबार कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएका छन्।

नेपालमा नयाँ संविधान जारी भएको ३ बर्ष पुगेको खुसियालीमा नेपाली दूतावासले आफ्नै आयोजनामा सम्बन्धित देशका सरकारका मन्त्री तथा अन्य देशका कुटनैतिक नियोगका प्रमुखको उपस्थितमा संविधान दिवस मनाएका हुन्।

हजारौं नेपालीको बलिदान पछी बनेको नयाँ संविधानले सबै नेपालीको हक अधिकारलाई सुरक्षित गर्दै असन्तुष्ट रहेका र मिलाउन बाकी बिसय लाई छिट्टै टुंगो लगाइ सबैलाई मान्य हुने गरि संविधान संसोधन गरि विवाद लाई अन्त्य गर्न पनि प्रवासमा रहेका नेपालीहरुले सरकारलाई सुझाव दिएका छन्।

बिहिवार मलेसिया सहित साउदिअरब,कतार,बहराइन
ओमान,कुबेत लगायतका देशमा दूतावासले भब्य कार्यक्रमको आयोजना गरि सयौं नेपाली तथा अन्य देशका कुटनैतिक नियोगका प्रतिनिधिहरुको उपस्थितिमा संविधान दिवस मनाएको दूतावास स्रोतले जानकारी दिएका छन्।

यस्तै युएईको अबुधाबी स्थित नेपाली दूतावासमा पनि बिहीवार भब्य रूपमा संविधान दिवस मनाइएको छ। विभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधि तथा युएई सरकारका उच्च ब्याक्तित्व हरुको उपस्थितिमा दूतावासले संविधान दिवस मनाएको हो।
कार्यक्रममा रास्ट्रीय पहिचान झल्काउने झाकी सहितका सास्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो।

नेपाल सरकारले संविधान दिवसलाई रास्ट्रीय दिवसको रूपमा मनाउने निर्णय गरेसङ्गै स्वदेश तथा बिदेशमा रहेका नेपाली हरुले यसलाई विशेष दिनका रूपमा मनाउन थालेका हुन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!