कञ्चनपुरमै पढ्न गएकी ६ वर्षीया बालिका कक्षा कोठाभित्रै बलात्कृत !

कञ्चनपुर, असोज ४ ।

कञ्चनपुर कृष्णपुर नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत् छात्राको बलात्कार भएको छ । कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् ।

कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको घर परिवारले जनाएको छ । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताइन् । छोरी घरपुगेपछि भात खाईन । भात खाएपछि पल्टिईन । ‘मैले छोरीलाई होमवर्क गर भने, ‘आमाले भनिन्, ‘पिर भयो भन्दै छोरी रोइन् ।’ कता पिराे भयो, किन भयो, भनेर सोधिखोजी गर्दा छोरीले रुदै तल्लो पेटमा पिर (दुखेकाे) भएको बताइन् ।’

छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि छोरीलाई के भएको भनेर सोधे । छोरीले सुभाव भन्ने केटाका दाइले हान्यो र ढलाएर बलात्कार गरेको बताइन् । ‘छोरीलाई विद्यालय समयमै कक्षा कोठाभित्रै बलात्कार गरेको रहेछ, ‘आमाले भनिन, ‘तत्काल प्रहरीलाई खबर गरेँ ।’

बालिकाले घर परिवार र प्रहरीलाई दिएको बयान अनुसार, प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय अमर सिह रानालाई पक्राउ गरेको छ ।

विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको वा नघटेको बारेमा आफुलाई थाहा नभएको बताए । प्रअ चौधरीले दिउँसो ३ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै थाहा भएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!