अख्तियार प्रमुख आयुक्तमा नवीन घिमिरे अनुमोदित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे हुने भएका छन् । घिमिरे हाल अख्तियारको कार्यवाहक प्रमुख छन् ।

संसदीय सुनुवाई विशेष समितिले बिहिबार अनुमोदन गरेपछि उनी प्रमुख आयुक्त हुने भएका हुन ।

संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!