अछामको साँफेबगरमा प्रहरीद्वारा हवाई फायर

अछाम, असोज ४ ।

अछामको साँफेबगरमा प्रहरीले लाठीचार्ज र हवाई फायर गरेको छ । सवारी चालकहरुले आयोजना गरेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

प्रहरीकाे लाठीचार्जबाट एक जना सवारी चालक घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सार्वजनिक चालकले सवारी ऐनको विरोध गर्दै तीन दिनदेखि राजधानी बाहिर सार्वजनिक यातायात ठप्प पारेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!