बच्चाहरूमा हिंसात्मक व्यवहार; कसरी गर्न सकिन्छ नियन्त्रण?

टेलिभिजन, इन्टरनेट र चलचित्रसम्म सहज पहुँचले आजभोलि बच्चाहरू पहिलेभन्दा स्मार्ट भइरहेका छन्, यो राम्रो कुरा हो । तर यसका साथै मनोरंजनका रूपमा पस्किदैं गरेको हिँसाले बालबालिकामा दिनानुदिन हिंसात्मक प्रवृत्ति बढ्दै गइरहेको छ ।

आम संचारका माध्यमहरूमा अभिव्यक्ति स्वतन्त्रताका नाममा देखाइने हिँसा र दुष्टताको प्रत्यक्ष असर बालबालिकाहरूको कोमल मस्तिष्कमा परिरहेको छ । यसले गर्दा सानो सानो कुरामा जिद्दी गर्नु र रिसाउनु आजभोलि बच्चाहरूको दैनिकी जस्तै बनिसकेको छ ।

अत्यधिक रिसाहा र चिड्चिडे स्वभावले बच्चाको मानसिक र संवेगात्मक विकासमा असर पर्ने हुँदा आमाबुवाले बेलैमायासबारे सहेत हुनु आवश्यक छ । विनम्र स्वभावको बच्चाले रुखो र चिड्चिडे स्वभावको बच्चाको तुलनामा सजिलै सामाजीकरण गर्नसक्ने र बदलिँदो परिस्थितिसंग आफूलाई समायोजन गर्न सक्ने भएकाले कसरी बच्चाको आक्रामक स्वभावलाई बदल्ने भन्नेबारे आमाबुवाले चिन्तित हुनु आवश्यक छ ।

मनोवैज्ञानिकहरू बालबालिकाको व्यवहार बदल्न आमाबुवाको भूमिका महत्वपूर्ण रहने विश्वास गर्दछन् । साना बच्चाहरू आफ्नो अधिकांश समय आमाबुवासँग बिताउने भएकाले तिनमा आमाबुवाको व्यवहारको प्रतिच्छायाँ समेत देख्न सकिन्छ । अर्थात आमाबुवा हँसिलो स्वभावका भए बाच्चाहरूमा समेत त्यो स्वभाव देखिने छ भने आमाबुवा रिसाहा र चिड्चिडे स्वभावका छन् भने त्यो स्वभाव अवश्य ओअनी बच्चाहरूमा देखापर्न सक्दछ । त्यसैले आमाबुवाले बच्चाहरूको व्यवहार बदल्नु छ भने आफ्नो व्यवहारमा परिवर्त्याँ ल्याउनु जरुरी छ ।

के गर्न सकिन्छ ?

१. प्रभावकारी संवाद

बालबालिकामा व्यवहारिक परिवर्तन ल्याउन सबैभन्दा पहिलो कुरा त प्रभावकारी र सकारात्मक संवादको वातावरण स्थापना गर्नु नै हो । यसकालागि घरमा बालबच्चाले आफूलाई लागेका कुरा निर्धक्कसँग आफ्ना आमाबुवालाई बताउन सक्ने वातारणको निर्नन गर्नु आवश्यक छ ।

२. आफ्नो विचार राख्ने

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने बच्चाहरूलाई जिम्मेवारीपूर्ण व्यवहार र दयालु स्वभावको अनुभूति दिने भनेको हाम्रो व्यवहारले हो । त्यसका लागि बच्चाहरूसँग यसबारे बच्चाहरूसँग स्पष्ट कुरा राख्नु पर्दछ । अर्थात् यदि बच्चाले दुष्टतापूर्ण व्यवहार गरेको थाहा पाएपछि यस्तो व्यवहार अस्वीकार्य रहने भन्ने कुराको अनुभूति बच्चालाई गराउनु आवश्यक हुन्छ ।

३. बच्चाको निम्ति आदर्श बन्ने

बच्चाहरूमा शब्दको भन्दा अचारंको असर पर्ने गर्दछ । त्यसैले आफूले बच्चाहरूमा जस्तो आचरण हेर्न चाहेको हो आफूले सो अनुरूप नै व्यवहार गर्नु पर्दछ । यदि हामी आफू करुणाशील हुन्छौं भने त्यो गुण बह्चाहरूले आफैं प्राप्त गर्नेछन् । त्यस्तै हामी निर्दयी र क्रूर भयौं भने त्यो स्वभाव बच्चाहरूमा समेत देखिनेछ ।

४. कामको प्रशंसा गर्ने

हामीले बच्चाका दुष्टतापूर्ण कामहरू अस्वीकार्य रहेको भन्ने उनीहरूलाई अनुभूत गराए जस्तै उनीहरूले गरेका राम्रा कामहरूको प्रशंसा समेत गर्नु पर्दछ । बच्चाले प्रदर्शित गरेका दयालु र करुणामय स्वभावले आफू प्रसन्न भएको जानकारी बछालाई स्पष्टसँग दिनु पर्दछ ।

५. नयाँ मान्छेहरूसँग भेट्न उत्प्रेरित गर्ने

समाजसेवाको माध्यमबाट बच्चाहरू विविध पृष्ठभूमि, धर्म, योग्यता, आयु, आर्थिक स्तर र शैक्षिक पृष्ठभूमिका मान्छेहरूको संगतमा आउँछन् र नयाँ नयाँ कुरा सिक्नुका सांसारिक व्यावहारिकताबारे पनि बुझ्छन् । यसका साथै बच्चाहरूलाई भ्रमणमा लगेर जाने र विविध सांस्कृतिक जमघटहरूमा लैजाँदा पनि उनीहरूले जीवनको व्यवहारिक पक्षबारे प्रत्यक्ष सिने अवसर पाउँछन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!