प्योङ्याङबाट हाँस्दै फर्किए मून [फोटोफिचर]

काठमाडौं, असोज ४ । कोरिया समिटका लागि प्योङ्याङ भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपति मून जे इन समिट सकेर हाँस्दै स्वदेश फर्किएका छन् ।

पछिल्लो समय निशश्त्रीकरणका लागि सहमत भएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले राष्ट्रपति मूनलाई एयरपोर्टमै गएर न्यानो स्वागत गरेका थिए । साथै स्वागतका लागि सडकमा उपस्थित सर्वसाधारणले दुई देश युनाइट भएको एकीकरणको सङ्केतमूलक झण्डा फहराएर उनको स्वागत गरेका थिए ।

    

कोरिया समिटमा दुई देशबीच सहमति पत्रमा हस्ताक्षरसमेत भएको छ । उक्त सहमाति पत्रमा उत्तर कोरियामा रहेको क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने, दुई देशबीचका नागरिकको पारिवारिक मिलन गराउँने, रेल सेवा सञ्चालन गर्नेलगायतका विषय छन् । भ्रमणका क्रममा नेता किमलाई राष्ट्रपति मूलने दक्षिण कारियाको भ्रमणको निम्तो दिएका थिए । भने नेता किमले पनि आफु भ्रमणमा आउने आशा व्यक्त गरे ।

आज समिटको दोस्रो दिन दुई नेताले उत्तर कोरियामा रहेको पेकटु ज्वालामुखी पहाडको भ्रमण गरेका थिए । उक्त महाडलाई दुई देशका नागरिकले पवित्र भूमि मान्ने गर्छन । कारियाली मिथक अनुसार, यो पहाडमा कारियाका संस्थापक राजा डाङगनको जन्मस्थल मानिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!