स्मार्ट टेलिकमले पनि भव्यरुपमा मनायो संविधान दिवस

काठमाडौं असोज ४ । नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा स्मार्ट टेलिकमले पनि भव्यरुपमा संविधान दिवस मनाएको छ।

संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन गर्नुका साथै राष्ट्रिय गान गाएर संविधान दिवस मनाइएको हो ।

स्मार्ट सेन्टरले आफ्ना काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस २०७५ का पोष्टरहरुद्वारा सुसज्जित गरेको छ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ ।

यसले २०१३ मा एकीकृत इजाजत युनिफाइड लाइसेन्स प्राप्त गरेको छ। दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको कम्पनीले जनाएको छ।

स्मार्ट टेलिकल प्रा।लि।ले आफ्नो नेटवर्कलाई क्रमशः नेपालभर विस्तार गर्दै आएको छ। यसै सिलसिलामा कम्पनीले आफ्नो फोर जि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!