चालकलाई अपराधी सरह व्यवहार गरेको भन्दै सार्वजनिक यातायात थप्प

काठमाडौं, असोज ४ ।

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले राजधानी बाहिर सार्वजनिक यातायात ठप्प पारेको छ । सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै चालकहरुले सवारी साधन ठप्प पारेका हुन् ।

चालकलाई अपराधी सरह व्यवहार गरिएको भन्दै ऐनको संशोधन हुनु पर्ने माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन भनेको छ । गत मंगलबारदेखि राजधानी बाहिर सार्वजनिक यातायात थप्प पारिएको छ ।

रुपन्देही, पाल्पा, गुल्मी, कपिलबस्तुलगायतका जिल्लामा सार्वजनिक यातायातका सवारी साधन नचलेपछि जनजीवन प्रभावित बनेको छ । अन्य जिल्लामा पनि चालकहरुको आन्दोलनले बिभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!