प्रहरीद्वारा २५ सय गाँजाको बिरुवा नष्ट

मेलम्ची, असोज ४ । लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजा खेती नष्ट गर्न थालेको छ ।

पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो ।

अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरेको उक्त कार्यालयले जिल्लाको ठूलोपाखर, जेठल, इर्खु र भोटेचौरमा गरी करिव २५ सय गाँजाका बोट नष्ट गरिएकामा ठूलोपाखरमा एकहजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको मुडेमा १०० बोट गाँजा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ ।

“समाजमा आपराधिक घटना बढिरहनुमा गाँजा एउटा प्रमुख कारण हो”, जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, “अब गाउँबस्तीमा समेत पुगेर प्रहरीले गाँजा नष्ट गर्ने छ ।”

चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागूऔषधकै कारण बढिरहेको प्रहरी अनुमान छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!