चाडबाड नजिकिदै गर्दा बजारमा ह्वात्तै बढ्यो सुनचाँदीको भाऊ !

काठमाडौं । केही सातादेखि लगातार स्थिर रहेको आज बिहीबार बजारमा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५ड हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा पन्ध्र रुपैयाँले बढेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!