दैनिक दुइको हत्या, तीन महिला बलात्कृत !

काठमाडौं, असोज ४ । देशभर अपराधका घटना बढिरहेका छन् । आर्थिक वर्ष ०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो ।

 

आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् ।  बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए ।

 

यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ । गत बर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको छ ।०७३-७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत बर्ष १४ हजार ४ सय ५० रह्यो ।

 

प्रहरीले तदारुकताकासाथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको प्रहरी प्रवक्ता देशभर गम्भीर प्रकृतिको घटना बढेका छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!