उपेन्द्र यादवमाथि सत्ताको मस्तीमा मधेसीका अाँसु बिर्सेकाे अाराेप

बारा ।  राजपा सदस्य मण्डलका संयोजक महन्थ ठाकुरले संघीय समाजवादी फोरम नेपाल सरकारमा गएर ठुलो गल्ती गरेको आरोप लगाएका छन् ।

बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा बुधवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता ठाकुरले मधेशीले गरेको बलिदानलाई बदनाम गराउदै सत्ताको लालचमा परेर फोरमले मधेशीको दुःख बिर्सेको टिप्पणी गरे । उनले वर्तमान संविधान मधेश र पहाड बीच ठूलो खाडल भएको बताउदै  वर्तमान संविधानले मधेशीलाई विदेशी सरह अधिकार दिएको बताए  ।

 संविधान संशोधन नभएसम्म मधेशले संविधानलाई मान्न नसक्ने स्पष्ट पार्दै नेता ठाकुरले भने सेना, प्रहरी, अनुसन्धान, आयोग र दुतावासमा मधेशीलाई संविधानमा हक दिएको छैन । मधेशीको हक अधिकार प्राप्त नभएसम्म सरकारको बिरोधमा राजपा रहने नेता ठाकुरले ठोकुवा गरे ।
 
राजपाका बारा जिल्ला संयोजक मनोज चौरसियाको सभापतित्वमा सम्पन्न बिरोध सभामा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एकबाल मिया, महामन्त्री जीतेन्द्र सोनल, पार्टीका उपाध्यक्ष रमेश यादव, अरुण कुमार दुबे लगायतकाले सरकारको बिरोधमा मनतब्य राखेका थिए ।
imagekhabar बाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!