काकीको एसिड आक्रमणमा परी ६ महिने शिशुको ज्यान गयो

अछाम, असोज ३ । एउटा छ महिने बालकलाई एसिड खन्याएर मारेको आरोपमा काकी पक्राउ परेकी छिन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ४, चिसीका छ महिनाका बालक मुस्कान बयकमाथि मङ्गलबार बिहान ११ बजेतिर एसिड खन्याइएको थियो ।

एसिड आक्रमणबाट गम्भीर रूपमा घाइते भएका मुस्कानको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त आक्रमण गरेको आरोपमा २५ वर्षीय जानकी बयकलाई पक्रिएको छ । ‘प्रारम्भिक अनुसन्धानबाट उनकै उनले नै एसिड प्रहार गरेको पाइयो,’ अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले भने, ‘थप अनुसन्धान अघि बढाएर कानुनी प्रक्रियामा जान्छौँ।’

स्थानीयका अनुसार घरायसी रिसिबी लामो समयदेखि रही आएको र परिवारको रिसले ६ महिने बालकमाथी एसिड खन्याएको हुनसक्ने बताएका छन्।

कान्तिपुरबाट

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!