प्रहरीको खोजी सूचिमा रहेका सीके राउतले गरे ‘राजधानी’मै विरोधसभालाई सम्बोधन

जनकपुर, असोज ३ । सीके राउत नेपाल प्रहरीको ‘खोजी सूची’मा रहेका छन् र देश विखण्डन गर्ने अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले भेट्नासाथ उनलाई पक्रिन सक्छ । तर राउत भने प्रदेश नं. २ को प्रादेशिक राजधानी जनकपुरमा संविधानको विरोधमा अभिव्यक्ति दिइरहँदा प्रहरी भने मूकदर्शक भएर हेरिरहेको थियो भन्दा अचम्म लाग्न सक्छ । तर यो दृश बुधबार राजधानी जनकपुरको रामानन्द चोकमा देखापरेको हो ।

राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा बोलिरहेका थिए जबकि प्रहरीले मङ्गलबार साँझसम्म पनि राउतको खोजी भइरहेको र फेलापार्न नसकिएको बताइरहेको छ । बुधबार राउतले संविधान विरोधी अभिव्यक्ति दिइरहँदा भने प्रहरी टुलुटुलु हेरिरहेको थियो ।

‘मधेश इज नट नेपाल’ अर्थात् ‘मधेश नेपाल होइन’ भन्ने नारा लेखिएको तूल राखेर राउतले प्रदर्शन गरिरहँदा प्रहरीले कुनै प्रतिक्रिया जनाएको थिएन ।

संविधान दिवसका दिन राउतले राजधानी जनकपुरमा सम्बोधन गरे भने रुपन्देहीको गैडहवामा समेत राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आमसभा गरेको छ । संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जलि कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेको हो।

अन्नपूर्णबाट

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!