पत्रकार पक्राउ पर्दै, सिके राउत संविधानको बिरोधमा भिडियो सार्वजनिक गर्दै

काठमाडौं, गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले एउटा साप्ताहिकमा प्रकाशित समाचारका आधारमा एकजना सञ्चारकर्मीलाई पक्राऊ गर्यो । समाचार साभार गरेकै भरमा सञ्चारकर्मी नै पक्राउ परेको सम्भवतः यो नेपालको पहिलो घटना हुनसक्छ होला ।

तर, त्यही गृह मन्त्रालय मातहतको नेपाल प्रहरीको आँखै अगाडि देशबाट एउटा प्रान्त नै अलग गर्ने धम्की दिँदै आएका सिके राउतले भने सार्वजनिक भिडियो जारी गर्छन् ।

प्रधानमन्त्री या मन्त्रविरुद्ध समाचार कमेन्ट लेखेको भरमा लोकेशन पत्ता लगाएर पक्राउ गर्न सक्ने प्रहरीले सिके राउतलाई पक्राउ गर्न सक्दैन ।

र, पक्राउ गरेर अदालतमा उभ्याए पनि उनी बारम्बार रिहा हुन्छन् ।

मानौं सिके राउत शक्तिशाली छन् यो देशको प्रशासन भन्दा ।

सिके राउतले यसपाली भने आफ्नो फेसबुक पेजबाट भिडियो सार्वजनिक गरेका हुन ।

प्रहरीको व्यापक खोजीमा रहेका डा। सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेपछि प्रहरी झन सर्तक नभएको होइन । त नेपालको संविधान दुई तिहाइले पारित भएको दिनलाई कालो दिनका रुपमा मनाउने डा। राउतले जनकपुरमा सर्वसाधारण जम्मा पारेर सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गर्ने हिममत गर्नु चानचुने कुरा भने होइन । उनले

सामाजिक सञ्जालमार्फत् सबै कार्यकर्तालाई निडरका साथ सभामा सहभागि बन्न र आफूले त्यहाँ सम्बोधन गर्ने बताएका छन् ।
असोज ३ लाई ‘कालो दिन’का रुपमा मनाउने भन्दै एक महिना अघिदेखि सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेका सिके राउत भूमिगत भएका छन् । प्रहरीले तीन दिनदेखि राउतको खोजी गरे पनि भेटिएका छैनन् ।

संविधान दिवस पारेर ३ असोजमा १२ बजे धनुषा, सिरहा, महोत्तरीका युवालाई जनकपुरमा भेला गरेर संविधानविरोधी दिवस मनाउने राउतको तयारी गरेको थियो । तर, प्रहरीले व्यापक निगरानी बढाएपछि उनी भेटिएका छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!