तेजाब छ्याप्ने अपराधी पक्राउ, १५ दिनमा १८० कल गरेका थिए सम्झनालाई

काठमाडौं, असाेज ३ ।

गत साता रौतहटका दुई बालिकामाथि तेजाब आक्रमण भयो । राती सुतिरहेको बेला कसले र किन तेजाब फाल्यो भन्ने कुरा थाहा हुन सकेन ।

तर, प्रहरी चुप लागेर बसेन । देशैभरि हिंसाका घटना बढिरहेको बेला यो घटनामा लापरवाही गर्नु अर्को आलोचना हुन्थ्यो प्रहरीका लागि ।
तर अन्ततः प्रहरीको अनुसन्धान सफल भयो । किशोरी बालिकाहरुमािथ बदला लिने नियतले एसिड छ्याप्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो ।
अभियुक्त रहेछन् रामबाबु पासवान । वर्ष ५०, घर रौतहट चन्द्रपुर । बिस्तृत कुरा सार्वजनिक भएको छैन तर प्रारम्भिक अनुसन्धानमा बदला लिने नियतले रामबाबुले तेजाब फालेको देखिन्छ ।

तेजाब फालिएका बालिकाको फोन कल डिटेल, घटनाको प्रकृति अध्ययन, परिवारका सदस्यले दिएको किटानी लगायतका सूत्रबाट प्रहरीले रामबाबुलाई पक्राउ गर्न सफल भएको हो । अचम्म त के छ भने आफैले एसिड फ्याँकेर उनी उपचारमा भने सहयोगको नाटक गर्दै थिए । सम्झनाको मोबाइलमा पक्राउ परेका आरोपीको मोबाइलबाट १५ दिनमा एक सय ८० पटक फोन गएको देखिन्छ ।

यसबाट आरोपि पासवानले जबर्जस्ती सम्झनाको पिछा गरेको अनुमान लगाउन सकिन्छ । सयौंपटक फोन गर्दा पनि किशोरीले फोन नउठाएपछि आक्रोश तेजाब आक्रमण गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

१८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई भदौ २६ गते राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा अनुहारमा तेजाब प्रहार गरिएको थियो ।

घटना भएको छ दिनपछि प्रहरीले पासवानलाई किशोरीहरूको उपचार भइरहेको कीर्तिपुरस्थित अस्पतालबाट पक्राउ गरेको हो। पासवानले घटनापछि घाइते भएका दुई किशोरीहरूको उपचारमा सहयोग गरेको नाटक गर्दै काठमाडौंसम्म पुगेको प्रहरीको भनाइ छ। आरोपीको हातमा तेजाबले पोलेजस्तो घाउ पनि देखिएको छ ।

तेजाब आक्रमण गर्ने पक्राउ परेको जानकारी पाएपछि सयौंको संख्यामा जम्मा भएका स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि भेला भई प्रदर्शन गरेका छन्। उनीहरूले तजाब आक्रमणकारीलाई कडा कारबाही माग गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!