संविधान दिवस भव्यरुपमा मनाइयो (फोटोफिचर)

काभे्रपलाञ्चोक, असोज ३ । संविधान दिवस जिल्ला समारोह समिति काभे्रपलाञ्चोक तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा संविधान दिवसका अवसरमा बुधबार जिल्ला सदरमुकाम धुलिखेलमा विविध कार्यक्रम गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले भ्रष्टाचारमुक्त देश बन्ने अपेक्षा गर्दै संविधानको सर्वोच्चताले सुखी र समृद्ध नेपाल बन्नेमा विश्वस्त रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला न्यायाधीश अर्जुन अधिकारीले लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधानले देशको मुहार फेरिने र नागरिकको सर्वोच्चता कायम हुन्छ भने । धुलिखेल नगरपालिकाका कार्यबाहक प्रमुख बिमला शर्मा र पत्रकार महासङ्घका जिल्ला अध्यक्ष मोतीराम तिमल्सिनाले नयाँ संविधानले समृद्धि नेपाल र सुखी नेपाली बन्ने विचार राखेका थिए ।

यसैबीच, बुधबार काभे्रपलाञ्चोक जिल्लाका ६ वटा नगरपालिका र सात वटा गाउँपालिकाले विविध कार्यक्रम गरी संविधान दिवसको मनाएका छन् ।’

बुधबार टुँडिखेलमा दिउँसो संविधान दिवस ३ वर्ष पुगेकाे उपलक्ष्यमा भव्यरुपमा मनाइँदै गरेका केही तस्वीरहरु-

रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!