फेरि नयाँ हिरोइन लन्च गर्दै सलमान खान

मुम्बई, नयाँ नयाँ नायिकाहरुलाई वलिउडमा भित्र्याउने हिरोहरुमा सलमान खान पहिलो नम्बरमा नै पर्छन होला ।

यसपटक पनि उनले एकजना चर्चित नायिकाकी नातिनीलाई पर्दामा डेब्यू गर्न थालेका हुन ।

सामाजिक सञ्जालमा सलमानले दिएको जानकारी अनुसार, उनले प्रख्यात चलचित्र नायिका नूतनकी नातिनी तथा अभिनेता मोहनीश बहलकी छोरी प्रनुतनलाई लञ्ज गर्न थालेका हुन । “मेरा लागि यो गौरवको विषय हो ।” सलमानले भनेका छन् ।

नयाँ कलाकारलाई बलिउडमा अवसर दिने क्रममा सलमान पहिलो छन् । सोनाक्षी सिन्हा, जरिन खान, आयुष शर्मा, सूरज पन्चोली, अथिया सेट्टिलगायत कैयन ट्यालेण्टलाई सलमानले इण्डष्ट्रिमा लन्च रेका छन् ।

याे पनि पढ्नुस  ४ भाषामा धमाकेदार इन्ट्री गदै दबङ्ग–३, यस्तो भयो घोषणा

इन्स्टाग्राममा सलमानले प्रनूतनको तस्वीर पोष्ट गर्दै लेखेका छन्, “ल, जहिरो (जहिर इकबाल) की हिरोइन भेट्टिइन । स्वागत गर्नुस् प्रनूतन बहलको । नूतनजीकी नातिनी र मोन्याकी छोरीलाई ठूलो पर्दामा प्रस्तुत गर्दा गौरवान्वित छु ।”

मोहनशील बहल तथा आरती बहलकी छोरी प्रनूतनकी छोरको जन्म सन् १९९३ मा भएको थियो । उनी पेशाले वकिल छिन् । उनले मुम्बई विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!