जनताकाे अाँगनमा पुगाेस् संविधान [फोटोफिचर]

देशैभरि उत्साहका साथ संविधान दिवसा मनाईंदैछ । नेपालको राजनीतिक इतिहासमा जनताका प्रतिनिधिहरुले निर्माण गरेको र जनताको संसदले अनुमोदन गरेको यो पहिलो संविधान हो । त्यसअर्थ पनि यो संविधानको विशेष महत्व रहेको छ ।

नेपालमा शदियौंदेखि अस्तित्वमा रहेको हिन्दू राजतन्त्रात्मक सामन्तवादी व्यवस्थाको स्थानमा संघीय गणतान्त्रिक नेपाललाई संस्थागत गरेको यो पहिलो संविधान हो । समाजका बिभिन्न तह र तप्काका अधिकारलाई समेत ग्यारेण्टी गर्ने गरि लिपिबद्ध भएको संविधानको कार्यान्वयन भने अझै जटिल विषय नै छ ।

         

जसरी संविधान निर्माण गर्न नेपाली जनताले लामो संघर्ष गर्नुपरेको थियो, त्यही किसिमले यसको कार्यान्वयनका लागि कठोर संघर्ष गर्नुपर्ने दायित्व हाम्रा अगाडि छ ।

नयाँ संविधान जारी भएको चौथो वार्षिक उत्सवका अवसरमा देशै भर विभिन्न कार्यक्रम गरिएको छ । राजधानीलगायत देशका धेरै भागमा नयाँ संविधान जारी भएपछि प्राप्त भएका उलब्धी र चुनौतीका बारेमा चर्चा गरिनु सकारात्मक पनि हो ।

यद्यपी संविधान जारी हुँदादेखि नै असन्तुष्ट रहेको प्रदेश २ मा भने यो वर्ष पनि संविधान दिवसलाई उत्सवका रुपमा मनाइएन् । बरु केही ठाउँमा प्रदेश सरकारका मन्त्रीहरुलाई संविधान जलाउन लगाएको भन्दै सर्बत्र विरोध भएको छ । प्रदेश नम्बर २ का जनताको असन्तचुष्टिलाई समेत सम्बोधन गर्ने गरी यसको कार्यान्वयनमा जान सके नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बन्नेमा दुईमत हुन सक्दैन ।

संविधान आफैमा केही एउटा कागजको टुक्राबाहेक केही होइन् तर, लामो संघर्ष र बलिदानीपूर्ण आन्दोलनबाट बनेको नयाँ संविधानले समाजको पूर्ण रुपान्तरणको मर्म बोकेको छ । समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको छ ।

समाजवादमा जाने मार्गचित्र प्रस्तुत गरेको छ । त्यसैले संविधानको मूल मर्म र भावना अनुरुप देशको नेतृत्व रुपान्तरण हुने हो भने, देशको जनप्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्ने हो र राजनीतिक पार्टीले दलगत स्वार्थ त्यागेर देश र जनताका लागि कदम उठाउने हो भने नेपाली जनताको विगतको संघर्षको उपलब्धि कार्यान्वयनमा जानेबाट कसैले रोक्न सक्दैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!