उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौं, असोज ३ ।

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी सिचुवानको प्रान्तको छेन्चु गएका हुन् ।

उपराष्ट्रपति पुनले छेन्दुमा भोलिदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

बिहीबार नै पुनले अन्तर्राष्ट्रिय मेलाको उदघाटन समारोहलाई सम्वोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिले असोज ४ मा वेल्ट एण्ड रोडसम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

उपराष्ट्रपति पुनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी ‘सिपिसी’का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!