मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट खुला नगरिने व्यवसायीको चेतावनी

काठमाडौं, असोज ३ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गर्दै चाडबाड सुरु हुनुअघि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।

विज्ञप्तिमा भनिएको छ, चाडपर्व नजिकिएकाले यात्रुलाई सहजरूपमा आवतजावत गर्न यही असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, तर ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ ।

यसअघि गत भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासंघबीचको बैठकले यही असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!