बाल्टिमोरमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यलाई भव्य स्वागत

काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भव्य स्वागत गरिएको हो ।

वरिष्ठ लोक गायक तथा महावाणिज्य दुत प्रेमराजा महतले नगर प्रमुख शाक्यलाई बाल्टिमोरमा गत सेप्टेम्बर १७ तारिखका दिन स्वागत सहित रात्री भोजनको आयोजना गरेका थिए ।

अमेरिकाको भ्रमणमा आएको काठमाडौं महानगरपालिकाका नगर प्रमुख शाक्यसहित टोली तथा विदेशी अतिथिहरुलाई समेतलाई महावाणिज्य दुत प्रेमराजा महतलगायत नेपाली समुदाय तथा संघ।संस्थाका प्रतिनिधिहरुले भब्य स्वागत गरेका छन् ।

साथै अमेरिका आएको काठमाडौँ महानगरपालिकाका टोलीलाई बाल्टिमोर नगर परिषदका प्रमुख लगायत उनका साथमा आएका बिदेशी टोलीका सदस्यहरु, बाल्टिमोरका नेपाली समुदाय, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )का अध्यक्ष अनु श्रेष्ठ वन्त, लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष विजय श्रेष्ठ ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन सिजन श्रेष्ठ लगायतले समेत स्वागत गरेका छन् ।

उक्त अनौपचारिक स्वागत तथा रात्रीभोज कार्यक्रममा नगरप्रमुख विद्यासुन्दर शाक्यलाई महावाणिज्य दुत प्रेमराजा महत तथा संघ र संस्थाका प्रतिनिधिहरुले खादा लगाउनुको साथै लाइन्स क्लब अफ बाल्टिमोरले लाइन्स क्लबको बिल्ला (पिन) समेत प्रदान गरेको थियो । नगर प्रमुख शाक्य नेपाली समुदाय तथा आफुलाई स्वागत गरेकोमा धन्यवाद दिएका थिए ।

आफूले यहाँका राम्रा राम्रा कुरा सिक्ने र महा नगर पालिकालाई कसरि व्यवस्थित तथा सुन्दर बनाउन सकिन्छ त्यस बारेमा आफू लागिपर्ने बताए । नगर प्रमुख शाक्यले आगामी बुधबार १९ तारिखमा एक भब्य कार्यक्रम बीच र्जिनिया राज्यको फेड्रिकवर्ग नगर संग भगिनी सम्बन्ध स्थापना गर्ने भएको जनाएका छन् ।

नगर प्रमुख शाक्यले आफु र आफ्नो टोलि अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगरसंग भगिनी सम्बन्ध स्थापना गर्न आएको बताएका छन् । उनको साथमा नेपालबाट काठमाडौँ महानगरपालिकाको टोली तथा अमेरिकाको भर्जिनिया राजको फेड्रिकवर्ग नगरका टोलि सहित उक्त स्वागत तथा रात्रीभोजमा उपस्थिति रहेका थिए ।

साथै बाल्टिमोर नगर परिषदका प्रमुखरसभापति बरनार्ड सी ज्याक योङ्ग लाई बिद्या सुन्दर शाक्यले काठमाडौँबाट ल्याएको बुध बुद्धको तस्बिर प्रदान गरेका थिए । बरनार्ड दोश्रो पटक उक्त पदमा निर्वाचित भएका हुन् ।

गतवर्ष भर्जिनिया राज्यको फेड्रिकवर्ग शहरका नगरका प्रमुख मेरी क्याथरिन ग्रीन नेपाल पुगेको थियो भने नेपालमा हुदा उनले दुई सहरको भगिनी सम्बन्ध हुने बताएका थिए ।

नगर प्रमुख शाक्यले कुनै पनि सहरको विकासका लागि सूचना तथा ज्ञानले टेवा पुग्नुको साथै स्थानीय क्षेत्रको पहिचान कायम गर्दै समृद्धितर्फ जान विश्वव्यापी आपसी सम्बन्ध लाभदायी हुने बताए ।

गतवर्ष नेपाल भर्जिनियाको फेड्रिकवर्ग शहरका मेयर ग्रीनलको नेतृत्वमा १० सदस्यीय नेपाल पुगेको थियो भने काठमाडौं महानगरपालिकाको ९ सदस्यीय टोली अमेरिका आएको छ ।

भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो । नागरिक अधिकार प्राप्तिकालागि भएको संघर्षका क्रममा पहिलो र दोश्रो पटक फ्रेड्रिकवर्ग युद्ध भएको स्थानलाई अहिले स्पोर्ट सलभनिया नेशनल मिलिटरी पार्कका रुपमा संरक्षण गरिएको छ । मेरी क्याथरिन ग्रीन नगर प्रमुखमा दोश्रो पटक निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!