चलचित्र ‘प्रसाद’ को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद’ को लिरिकल भिडियो हालैमात्र सार्वजनिक भएको छ ।

यस नेपाली कथानक चलचित्र ‘प्रसाद’ मा मूख्य भूमिकामा विपिन कार्की र नम्रता श्रेष्ठ देखिने भएका छन् । ‘लै लै…’ गीतमा सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतका शब्द गणेश शाहीले लेखेका हुन् ।

भिडियोमा केही चल–अचल दृश्यहरु छन् । भागी विवाह गरेर काठमाडौं छिरेपछि विपिन र नम्रताको जीवनमा आउने उतारचढावलाई गीतमार्फत् देखाइएको छ । गीतका शब्दहरु मार्मिक छन् । केतनले उस्तै बुलन्द आवाज भरेका छन् ।

गीतको लिरिकल भिडियोमार्फत् लिड कलाकारको लुक्स पनि रिभिल गरिएको छ ।

आगामी मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । यस नेपाली फिल्ममा निश्चल बस्नेतको पनि लिडरोल छ ।

उक्त चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!