रक्सी खाँदा मृत्यु हुनेको संख्या १९ पुग्यो, नेपालीसहित ५१ जना बिरामी

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा खाँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । अन्य १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाउने तथा गम्भीर बिरामी परेका अधिकांश नेपाली रहेको अनुमान गरिएको छ।

 

सोमबार विभिन्न तीनवटा ब्राण्डका मदिरा खाँदा उनीहरु बिरामी परेका मलेसियाका सञ्चार माध्यमले जनाएका छन् । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ ।

 

ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा. नन्द हिमाम अब्दुलले बताए ।

 

विषाक्त रक्सी खानेहरुमा पेट दुुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्ष्यण देखिएको छ । बिरामीहरुको पनि रगत र पिसाबको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको कोआलालम्पुरमा परीक्षण भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!