भरतपुरमा जनप्रतिनिधि र कर्मचारीबीच फुटबल, जनप्रतिनिधिको टिम ५-१ ले पराजित

चितवन, असोज २ । भरतपुर महानगरपालिकाले संविधान दिवसको अवसरमा भरतपुर महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

 

मंगलबार भएको प्रतियोगितामा जनप्रतिनिधिले १ गोल र कर्मचारीले ५ गोल हानेका थिए । महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी कर्मचारीतर्फको मुख्य खेलाडी थिए ।

कर्मचारीबाट वातावरण शाखाका प्रमुख विराट घिमिरेले पनि खेलेका थिए । जनप्रतिनिधिबाट भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, ५ का वडाध्यक्ष पदमपाणि सुवेदीलगायतले खेल खेलेका थिए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौर, कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायतले रोमाञ्चपूर्ण खेल हेरेका थिए । ‘संविधान दिवसको अवसरमा रमाइलोको लागि खेल खेलिएको हो’ वडाध्यक्ष अरुणपीडित भण्डारीले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!