साइप्रसमा नेकपाको” प्रवासी नेपाली एकता मंच” गठन

साइप्रस,असोज २। नेकपाको प्रवासमा रहेका भातृ संगठनको एकता प्रक्रिया पनि तिब्र रूपमा अगाडि बढेको छ।

साइप्रसमा नेकपाका कार्यकर्ताले आईतबार एक भेलाको आयोजना गरि साइप्रसको निकोसियामा रमिला राईको संयोजकत्वमा सचीव केशव ठकुरी सहित ३५ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको प्रवास सङ्गठन” प्रवासी नेपाली एकता मञ्च साइप्रस” गठन गरि पार्टी केन्द्रमा नाम सिफारिस गरेको छ।

 भेलाले नव गठित कमिटीलाई आयोजक कमिटीको रुप दिदै अबको छ महिनामा प्रवासी नेपाली  एकता मन्चको अधिवेशन गर्ने उदेश्य सहित अन्य निर्णयहरु गरेको छ। 

यस्तै मञ्चला्ई कम्युनिस्ट एकताले दिएको प्रगतिशिल,जनवादी तथा देशभक्त नेपालीहरुको साझा संगठन बनाउने र  ऐतिहासिक कालदेखि मुलुकमा रहदै आएको जातिय, भाषिक, धार्मिक, लैंगिक, क्षेत्रिय र वर्गिय विविधतालाई राष्ट्रिय सम्पदाको रुपमा स्विकार गर्दै विदेशमा रहेका नेपालीहरु विच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा समाहित गर्दै मुलुकको हितका पक्षमा क्रियासिल गराउने गरि संगठनमा सबैलाई समेट्दै अगाडि बढ्नु संगठनको मुख्य उद्देश रहेको सचिब केसब ठकुरिले बताएका छन।

यस्तो छ नवगठित समितिको नामावली

संयोजक रमिला राई ,सचीव केशब ठकुरि सदस्यहरुमा,माया लोप्चन तामाङ,दर्सन मगर,बिश्णु कुलुङ,संगीता गुरुङ, नबराज गौतम,सुनिला दोङ तामाङ,प्यारिता आङदेङ्बे, मुना क्षेत्री,सम्झना सेर्पा,सुस्मा बुढाथोकी,निस्चल लिम्बू,शोभा लिम्बू राई,सेरबहादुर राई,मनु लामा,कौसिला लिम्बू ,सबिता चौलागाईं निमि शेर्पा,मैना लामा,माया वाइबा,चारु दर्नान,नेहा राना मगर,सारा राना मगर,बिरेन भट्ट जस्मिन तामाङ, माया काप्ले,बिनोद साहा ठकुरि,लिला घले गुरुङ,शान्ति दोङ,आशा मल्ल,कालिका थापा मगर,रेनुका निरौला,पबि घिमेरे र अनिता लामा रहेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!