मलेशियामा नेकपाको “प्रवासी नेपाली एकता मंच” गठन संयोजकमा रमेश तिवारी

मलेशिया,असोज २। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रवास संगठन प्रवासी नेपालि एकता मंच मलेशियामा गठन भएको छ।

मंग्लवार मलेशियामा बसेको पुर्ब माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशील मंच र पुर्ब एमाले निकट प्रवासी नेपाली मंच बिचको सयुक्त बैठकले जन प्रगतिशील मंच मलेसियाका पुर्ब इन्चार्ज रमेश प्रसाद तिवारीको नेतृत्वमा ३० सदस्यीय समिति गठन गर्दै पार्टी केन्द्रमा नाम सिफारिस गरेको हो ।

बैठकले पुर्ब एमाले निकट प्रवासी मंचका महासचिव दयाराम कुमाल लाई नवगठित संगठनको सचीवमा सिफारिस गरेको छ ।भने संरक्षकमा पुर्ब एमाले निकट मंचका अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीलाइ राखेको छ।

यस्तै बैठकले नवगठित संगठन को बरिस्ठ नेतामा जनप्रगतिसिल मन्चका पुर्ब अध्यक्ष प्रेम पाण्डे लाई राख्ने निर्णय गरेको छ।
नेपालमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रवासमा साङ्ठनिक एकता हुन नसक्दा पार्टीले आबस्यक सर्कुलर पठाउन नसकेको बताउदै आपसी सहमतिमा केन्द्रको निर्देशन बमोजिम ५०/५० मा एकता गरि नाम सिफारिस गरिएको मंचका संयोजक तिवारीले जानकारी दिएका छन्।

नव गठित मंचका सदस्यमा दुबै संगठन बाट १३/१३ जनाको नाम सिफारिस गरिएको छ भने तत्काल नेपाल जानुपर्ने अबस्थामा रहेका सदस्यहरुको नाम हेरफेर गर्न सकिने तिवारीले बताएका छन।

यस्तो छ नवगठिन कार्यसमितिको नामावली

संयोजक रमेश प्रसाद तिवारी ,सचीव दयाराम कुमाल ,संरक्षक राजेन्द्र प्रकाश भण्डारी ,बरिस्ठ नेता प्रेम पाण्डे
सदस्यहरुमा,दिप लिम्बू ,रामचन्द्र घर्तीमगर ,शेर बहादुर गुरुङ ,दावा घिसिङ तामाङ ,गिता आले ,कमल शाहि ,मानविर पुजारा ,सुकमार घर्तीमगर,तेज बहादुर कार्की,अर्जुन सिह अनुरागी ,ज्ञान ध्वज गोले ,ललित प्रसाद भट्टराई ,सुगम मगर ,जीवन कुमार देवान ,सागर पहाडी ,बेद कुमार खतिवडा ,आनंद राई ,चक्र कुमार तामाङ ,सन्दीप संग्रौला ,आनंद सिह रावल ,बिनोद पाण्डे ,मनोज चापागाईं ,इन्द्र प्रसाद खनाल ,रबिन कार्की ,प्रेम मगर र तेम्बा शेर्पा रहेका छन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!