युएईको रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना

युएई,असोज २।युनाईटेड अरब ईमिरेट्स(युएई)को रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हुनेभएको छ।
नेप्लीज स्पोर्ट्स क्लबको आयोजनामा बडादशैंको उपलक्षमा आगामी अक्टोबर ११ तारिकको दिन रस अलखेमाको सरकारी क्लबको ग्राउण्डमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा १५ भन्दा बढी नेपाली क्लबहरुले भाग लिने नेप्लीज स्पोर्ट्सका अध्यक्ष किशोर शाक्यले जानकारी दिएका छन ।प्रतियोगिताको बिजेताले ५ हजार ५ सय ५५ दिराम नेपाली १ लाख ७० हजार रुपैंया र उपविजेताले ३ हजार ३ सय ३३ दिराम नेपाली १ लाख रुपैंया सहित मेडल प्राप्त गर्नेछन्।

खेलमा सहभागी हुन चाहाने टिमले आउँदो सेप्टेम्बर ३० तारीख भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ भने टिम दर्ताको लागि १ हजार १ सय ११ दिराम शुल्क निर्धारण गरिएको आयोजकले जनाएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!