देशै भरका ढलको अनुगमन गर्न कार्यदल गठन

काठमाडाै‌ँ, असाेज २ ।

खानेपानी मन्त्री बिना मगरले देशै भरिका ढलको अनुगमन गर्ने बताएकी छन् । खानेपानी मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री मगरले देश भरि नै ढलको समस्या बढ्दै गएकोले व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन् ।

बैठकमा उनले प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन् ।

मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदल समेत गठन गरेको छ ।

खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!