क्रान्तिकारी माओवादीसम्बद्ध युवाहरुकाे माग – ‘पासपोर्टकाे सट्टा स्वदेशमै रोजगारी देऊ’

हेटौंडा, असोज २ ।

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी युवा लिग नेपालले युवाका लागि विशेष रोजगारीको व्यवस्था गर्न माग गरेको छ ।

युवा लिग नेपालले प्रदेश ३ को राजधानी हेटौंडामा बिरोध कार्यक्रमको आयोजना गर्दै १५ हजार युवाहरुको हस्ताक्षरसहितको ज्ञापन पत्र मुख्य मन्त्री डोरमणी पौडेललाई बुझाएको छ ।

मुख्य मन्त्री पौडेललाई बुझाएका ज्ञापन पत्रमा युवालाई उद्यमशील तथा रोजगारीका अवसर सिर्जना गर्न माग गर्दै १० बुँदे माग राखेको छ । ज्ञापन पत्रमा दक्ष तथा अनुभवी युवाहरुको विदेश पलायन रोक्नु पर्ने, बैदेशिक रोजगारमा गएका युवालाई बैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।

साथै युवा लिग नेपालले भुकम्पले भत्काएका सांस्कृतिक सम्पदाको पनर्निर्माणमा युवालाई संलग्न गर्नु पर्ने तथा गैरकानूनी तरिकाले कमाएको धन सम्पत्ति शुद्धीकरण गर्नु पर्नेलगायतको माग राखेको छ ।

मुख्य मन्त्री पोडेल माग पुरा गर्न युवा लिग नेपालले ३ महिनाको अल्टिमेटम दिएको पार्टीका केन्द्रीय वसन्त बोगटीले बताए । समय सीमा भित्र आफ्ना माग सम्बोधन नभए देश व्यापी सशक्त संघर्ष गर्ने चेतावनी दिएको छ । क्रान्तिकारी माओवादी सम्बद्ध युवाहरुले सात ओटै प्रदेशमा युवाहरूको माग राखी ज्ञापनपत्र बुझाउँँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!