४५ औँ ओभरमा नेपालको नवौँ विकेट पतन स्कोर १७३ रन मात्रै

काठमाडौं, असोज २ ।

भारतमा भइरहेको यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि अहिले भइरहेको खेलमा अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछ्याउन नेपाललाई गाह्रो भएको छ ।

समाचार तयार हुँदासम्म ४५ औं ओभरको खेल चल्दैछ भने नेपालले ९ विकेट गुमाएर १७३ रन जोडेको छ । जीतका लागि नेपालले ३० बलमा ७२ रन बनाउनु पर्ने हुन्छ जुन पुछारको ब्याटिङ लाइनअपका लागि असम्भव जस्तै हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा २४५रनको लक्ष्य दिएको छ । अफगानिस्तानमा ब्याटस्म्यान रिहाज हसनले १२ वटा चौका र १ छक्काको मद्दतले १४९ बलकम ११७ रन बनाएर अविजित अवस्थामा रहे ।
खेल लखनउ स्थित एकाना क्रिकेट मैदान ‘बि’ मा सञ्चालन भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!