शैक्षिक संस्थालाई राजनीतिको भारी नबोकाऊ : प्रधानमन्त्री

काठमाडाै‌ँ, असाेज २ ।

विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुलाई राजनीति गर्ने थलो नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभालाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शैक्षिक संस्थालाई राजनीतिको भारी नबोकाउन आग्रह गरे ।

मान्छे राजनीतिक प्राणी भए पनि स्थान विशेषमा राजनीति गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले त्रिविलाई कम खर्चमा बढी प्रतिफल दिने नीति लिनसमेत आग्रह गरेका थिए ।

त्रिवि सभाले आर्थिक वर्ष २०७५–७६को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । त्रिविले उक्त बजेटले पूर्वाधार निर्माण, सेमेष्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धानलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले बजेट प्रस्तुत गर्दै ०७५/०७६को प्रस्तावित बजेट २१ अर्ब, १० करोड ८० लाख १३ हजार रहेको जानकारी दिए । यसमा संचालन खर्चको हिस्सा ७९.१२ प्रतिशत छ भने पुँजीगत खर्च २०.८८ प्रतिशत छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!