अफगानिस्तानद्वारा नेपाललाई चुनौति

काठमाडौँ, असोज २ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ ।

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो ।

अफगानिस्तानले ५० ओभरमा आठ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । अफगानिस्तानको लागि रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे ।

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले दुई÷दुई विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!