महासभाका लागि प्रधानमन्त्री अमेरिका जाँदै

काठमाडौं, असोज २ ।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली अमेरिका जान लागेका छन् । उनी यही असोज ६ मा महासभामा भाग लिन अमेरिका जान लागेका हुन् ।

राष्ट्रसंघको ‘सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा आजबाट शुरु भएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर त्यसतर्फ जाने तयारीमा छन् ।बैठकलाई विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!