नेपाल आइडल बुद्ध लामा अस्पताल भर्ना; यस्तो छ कारण

काठमाडौँ, असोज २ । गायनको रियालिटी सो नेपाल आइडलको पहिलो संस्करणका उपाधि विजेता बुद्ध लामा रेकर्डिङका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

लामालाई नर्भिक अस्पतालमा भर्ना गरिएको र चिकित्सकहरूले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गरिनुपर्ने बताएका छन् । अस्पताल सूत्रका अनुसार लामाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

सोमवार बिहानैदेखि सामान्य ज्वरो आएका बुद्ध लामा नयाँ गीत रेकर्ड गराउन त्रिपुरेश्वरस्थित कृपा डिजिटल स्टुडियो पुगेका थिए । ज्वरो कम नभएपछि रेकर्डको काम बिचमै छाडेर आराम गर्न हर जान लागेका लामा स्टुडियोको आँगनमै बेहोस भएर लडेका थिए ।

लामा पहिलो नेपाल आइडलहुन् । अहिले यसको दोस्रो संस्करण ‘नेपाल आइडल-२’ प्रसारण भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!