संस्कृतिका छात्र गोपेश बाहेती ‘काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन’को उपाधि विजेता

काठमाडौँ, असोज २ । राजधानीमा सम्पन ‘काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन’मा संस्कृति इन्टरनेसनल स्कुलका छात्र गोपेश बाहेती प्रथम भएका छन् । बाहेती कक्षा नौका छात्र हुन् ।

उपत्यकाभित्रका ५३ वटा विद्यालयको सहभागिता रहेको उक्त चित्रकला प्रतियोगितामा दोस्रो स्थान ब्राइट होराइजन स्कुलका छात्र रविना थापा र तेश्रो स्थान हिलटाउन इन्टरनेसनल स्कुलका छात्र रोशन महर्जनले हात पारेका छन् ।

प्रतियोगितामा कक्षा ५, ६ र ७ का विद्यार्थीको एउटा समूह र कक्षा ८, ९ र १० को अर्को समूह निर्माण गरी प्रतियोगिताको आयोजना गरिएको थियो ।

पुष्पसदन आलुम्नाइ एसोसिएसनले आयोजना गरेको उक्त चित्रकला प्रतियोगिताको समापन समारोहमा वक्ताहरूले यस्ता चित्रकलाका प्रतियोगिताले विद्यार्थीमा अन्तर्निहित सिर्जनशील क्षमता बाहिर आउने बताएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!