रोबोटले कस-कसको जागिर खोस्दैछ? हेरौं पूर्ण समाचार

प्रविधि मानवजातिका लागि वरदान सिद्ध भएर आएको छ । यसले मानव जीवनलाई सहज बनाइदिएको छ र विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको छ ।

हामीले एक शताब्दी पहिले कल्पनानै नगरेका कुराहरू विज्ञान र प्रविधिले आज सामान्य बनाइदिएको छ । विज्ञान र प्रविधिको अनुपस्थितिमा हाम्रो जीवन कति असहज हुन्थ्यो भने कुरा हामी कल्पना गर्न समेत सक्दैनौं ।

यदि विज्ञान र प्रविधिको बारेमा एउटा निबन्ध लेख्नु परेको खण्डमा सायद हामी यस्तै यस्ता तर्क दिने गर्दछौं । तर साँच्चै यसका हानिहरूको बारेमा सोच्नुपर्दा?

त्यो बेला हामी ठुला ठुला कुरातिर बढी ध्यान दिने गर्दछौं, ठुल्ठुला र घातक बम र क्षेप्यास्त्रहरू र कुनै अन्तरिक्ष प्रजातिहरूको सम्भाव्य आक्रमण! या यस्तै धेरै काल्पनिक खतराहरू…!

तर विश्व आर्थिक मंच (डब्ल्युइएफ)ले भर्खर सार्वजनिक गरेको एउटा अध्ययनको नतिजा अनुसार विज्ञान र प्रविधिबात हुने एउटा वास्तविक खतरा दैलोनेरै पुगिसकेको छ ।

मंचका अनुसार सन् २०२५ सम्म मानिसले हाल गरिरहेको कामको ५२ प्रतिशत काम रोबोटहरूले गर्नेछन् । यस्तो अवस्थामा यसले विश्वव्यापी बेरोजगारीलाई बढावा दिनेछ ।

मंचले सार्वजनिक गरेको विवरण अनुसार अबको समयमा विभिन्न क्षेत्रको कार्य सम्पादनका लागि मानवभन्दा स्वचालित उपकरणहरूको प्रयोग अझ आम हुनेछ र यसको नतिजास्वरूप सामान्य मानिसले बेरोजगारीको समस्या झेल्नु पर्ने हुन सक्छ ।

हालसम्म जोखिम पूर्ण ठानिएको कामहरूमा मात्र रोबोटहरूको प्रयोग हुँदै आइरहेकोमा बिस्तारै रेस्टुरेन्ट, इकमर्स, समान डेलिभरी जस्ता कामहरूमा बिस्तारै रोबोट तथा ड्रोनहरूको प्रयोग बढ्दै गैरहेको छ र बिस्तारै मानिसका लागि नवप्रवर्तन, रचनात्मकता, या चिन्तन जस्ता कामहरू मात्र मानिसले पाउने छन् र यस्तो समयमा बौद्धिक काम गर्न कम सक्षम मानिसहरू बेरोजगारीको सिकार बन्ने उक्त मंचको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!