पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो !

काठमाडौं, असोज २ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुसार, पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने अहिलेलाई यथावत राखिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!