दसैँ-तिहारमा चल्ने गाडीको विवरण संकलन, १४ लाख यात्रु बाहिरीने अनुमान

काठमाडौं, असोज १ । व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ ।

 

त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ÷छैन, अनुमान गर्न र कति यात्रु हुन्छन् भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेका छौँ,’ उनले भने । अहिले भइरहेकै गाडीबाट दसैँ तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा सेवा दिन सम्भव नरहेको उनले स्वीकार गरे ।

१४ लाख यात्रु दसैँमा घर जाने अनुमान
काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका कम्तीमा १४ लाख मानिस दसैँ र तिहारमा घर जाने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।

१४ ठाउँमा नयाँ टिकट काउन्टर
यातायात व्यवसायी र सरकारबीच आइतबार भएको वार्तामा व्यवसायीले ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउन सहमति गरेका थिए । त्यस्तै, यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर खोल्न सहमति जनाएको विभागका सूचना अधिकारी उपाध्यायले बताए ।

 

तर, महासंघका अध्यक्ष कर्माचार्यले भने पाँच महिनादेखि रोक्का रहेका यातायात समितिका बैंक खाता खुले मात्र अग्रिम टिकट बुकिङ खुल्ने बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!